मौसम खराबका कारण आन्तरिक हवाई उडान प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मौसम खराबका कारण आन्तरिक हवाई उडान प्रभावित


६ माघ २०७८, बिहिबार


काठमाडौँ । आन्तरिक हवाई उडान प्रभावित भएका छन् ।

मौसममा आएको खराबीका कारण बिहानको समयका उडान प्रभावित भएका हुन् । काठमाडौँ, पोखरा, नेपालगन्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिबिलिटीका कारण बन्द भएका छन् ।

बुद्ध एयरले विमानस्थलहरु बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना जारी गरेको छ । काठमाडौँबाट नेपालगन्ज उडेको यती एयरलाइन्सको जहाजलाई पनि केहीबेर दाङको आकाशमा होल्ड गरिएको छ ।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । साथै पश्चिम र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेकाले पारदर्शिता कम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस