एकैदिन एक हजारले बढ्यो सुन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकैदिन एक हजारले बढ्यो सुन


६ माघ २०७८, बिहिबार


काठमाडौँ । साताको पाँचौँ दिन आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधबार) प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस