राष्ट्रिय महिला हक्की प्रतियोगितामा मधेस प्रदेश विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय महिला हक्की प्रतियोगितामा मधेस प्रदेश विजयी


६ माघ २०७८, बिहिबार


काठमाडौँ । मधेस प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बुधवार जित हात पारेको छ।

समूह ‘ए’ को लिग खेलमा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित गर्‍यो। मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले एक /एक गोल गरे। गीता ‘वुमन अफ द म्याच’ घोषित भइन्।

बुधवार दुई खेल भएकोमा एक खेल बराबरीमा टुङ्गिएको थियो। वीरगन्जको आदर्श नगर खेल मैदानमा भएको समूह ‘बी’ को लिग खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले गोलरहित बराबरी खेलेका हुन्। गण्डकीकी कमलादेवी घर्ती ‘वुमन अफ द म्याच’ चुनिइन्।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। समूह ‘ए’ मा साबिक विजेता त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र प्रदेश १ तथा समूह ‘बी’ मा सुदूरपश्चिम, गण्डकी र दोस्रो संस्करणको विजेता लुम्बिनी प्रदेश छन्। आर्मी पहिलो संस्करणको पनि विजेता हो। फाइनल खेल माघ ८ गते हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस