नेपाल बारको आन्दोलनको स्वरुप फेरियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल बारको आन्दोलनको स्वरुप फेरियो


५ माघ २०७८, बुधबार


काठमाडौँ । आन्दोलनरत नेपाल बार एसोसिएसनले कोरोनाको प्रकोपलाई देखाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी राखेको आन्दोलनको स्वरुप फेरेको छ ।

आज (बुधबार) विज्ञप्ति निकालेर बार महासचिव लिलामणि पौडेलले माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको स्वरुप फेरिएको जानकारी दिएका हुन् । उनका अनुसार आन्दोलनको स्वरुप परिवर्तन भएर अब भर्चुअल माध्यमबाट व्यापक अन्तर्क्रिया गरी आन्दोलनलाई निरन्तरता दिइनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस