२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दमौली अस्पतालमा सघन उपचार कक्ष तयारी

अ+ अ-

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भीर प्रकृतिका बिरामीका लागि सघन उपचारका ३२ र सामान्य किसिमका १६ गरी उक्त सङ्ख्यामा सघन कक्ष तयारी अवस्थामा राखिएको हो ।

सघन कक्ष भवनको माथिल्लो तलामा गत आर्थिक वर्षमा ट्रस्ट निर्माणको कार्य थालिए पनि बजेट अभावका कारण सम्पन्न गर्न नसकिएकोले यस वर्ष पुनः गण्डकी प्रदेश सरकार समक्ष बजेट माग गरिएको सूचना अधिकारी डा. दिवस ढकालले जानकारी दिए ।

करिब रु दश लाख बजेट आवश्यक पर्ने देखिएको छ । उनले भने, ‘ट्रस्ट निर्माण पश्चात् अझै शय्या क्षमता वृद्धि गर्न सकिनेछ ।’ दमौली अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक १८ सिलिन्डर ग्यास उत्पादन गर्न सक्ने क्षमताको रहेको उनले बताए ।

अस्पतालका सघन कक्षमा बिरामीको सङ्ख्या शून्य रहेका कारण सबै शय्या खाली रहेको सो अस्पतालले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमणको सङ्ख्या उकालो चढ्दै गरेको अवस्थामा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शय्या क्षमता वृद्धि गर्न लागिएको उनले बताए ।

अस्पतालमा दैनिक एक सयदेखि १५० सम्मको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । यतिबेला रुघाखोकी, भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको मेडिकल रेकर्डर सरोज रेग्मीले जानकारी दिए ।

उपचारमा आएका बिरामीलाई आराम गर्न होम आइसोलेसनमा बस्ने, खानपिनमा ध्यान दिने, तातोपानी मात्र सेवन गर्ने र नियमित औषधि सेवन गर्ने लगायतका सल्लाह सुझाव दिने गरिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

तनहुँमा मंगलबार सम्म १११ नयाँ सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए । केही दिन अघि तनहुँमा कोरोना सङ्क्रमण दर सङ्ख्या न्यून रहेको थियो ।

प्रतिक्रिया दिनुहोस