समलिङ्गीको कथामा आधारित गीत ‘भतभती पोल्छ’ बजारमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समलिङ्गीको कथामा आधारित गीत ‘भतभती पोल्छ’ बजारमा


५ माघ २०७८, बुधबार


काठमाडौँ । सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ ।  यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ ।

अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको गीतमा शब्द छ ।  दीप घतानीले सङ्गीतबद्ध गरेको गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका छन्।

भिडियोमा पल शाह र प्रियाना आचार्यको जीवन्त अभिनय हेर्न सकिन्छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । 

तारा लोहनी रसाइली निर्मात्री रहेकी भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो ।  भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’मार्फत सार्वजनिक गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस