मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा


४ माघ २०७८, मंगलबार


जनकपुरधाम । मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तय भएको खुसीयालीमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधवार पनि सार्वजनिक बिदा दिने भएको हो ।

प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।

२०६३ साल माघ ५ गतेबाट सुरु भएको मधेस आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले बुधवार मधेस बलिदानी दिवसको अवसर पारेर सार्वजनिक बिदा दिँदै आएको छ ।

यस पटक बलिदानी दिवस राजविराजमा मनाउने निर्णय गरेको प्रदेश सरकारले मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले वितरण प्रदेश सरकारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस