अस्ट्रेलियामा कोभिड–१९ बाट २४ घण्टामा ७४ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अस्ट्रेलियामा कोभिड–१९ बाट २४ घण्टामा ७४ जनाको मृत्यु


४ माघ २०७८, मंगलबार


सिडनी । अस्ट्रेलियामा कोभिड १९ बाट २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ ।

प्राप्त समाचारअनुसार अस्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घण्टामा ७४ जनाको ज्यान गएको बताइएको छ ।

अस्ट्रेलियाका अधिकारीहरूका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो सङ्ख्या यहाँ अहिलेसम्मको सबैभन्दा धेरै हो । मङ्गलवार त्यसअघिको २४ घण्टामा ती नागरिकको ज्यान गएको बताइएको छ ।

त्यसै गरी यहाँका अधिकारीहरूले अस्ट्रेलियामा अस्पताल भर्ना हुनेको सङ्ख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन् ।

यहाँका सबैभन्दा धेरै कोरोना सङ्क्रमित नागरिक न्यु साउथ वेल्सका रहेका छन् । न्यु साउथ वेल्समा गएको २४ घण्टामा ३६ जनाको ज्यान गएको छ ।

त्यसै गरी भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरूमा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।

अस्ट्रेलियामा पछिल्लो समयमा कोभिड सङ्क्रमण बढ्दो देखिएको छ । यहाँ सङ्क्रमित हुनेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस