सिंहदरवारमा फैलिँदो कोरोना सङ्क्रमण : मन्त्री, सचिवदेखि सुरक्षाकर्मीसम्मै सङ्क्रमित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिंहदरवारमा फैलिँदो कोरोना सङ्क्रमण : मन्त्री, सचिवदेखि सुरक्षाकर्मीसम्मै सङ्क्रमित


३ माघ २०७८, सोमबार


काठमाडौँ । सिंहदरवारमा कोरोना सङ्क्रमण व्यापक फैलिएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा मन्त्री मात्रै होइनन् आधा दर्जन सचिवसहित सयौँ कर्मचारीहरूलाई कोरोना सङ्क्रमण भएको छ ।

करिब दुई सय ५० कर्मचारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई सय जनाको परीक्षण गराउँदा ४० जना भन्दा बढीमा कोरोना पोजेटिभ देखिएको हो । आर्थिक तथा पूर्वाधार शाखाका सचिवदेखि कार्यालय सहयोगीसम्मै गरी दर्जन बढी कर्मचारीमा सङ्क्रमण देखिएको छ ।

परिसरभित्र रहेका दुई दर्जन मन्त्रालयहरूमा कार्यरत कर्मचारीमध्ये करिब २० देखि ३० प्रतिशत कर्मचारीहरू सङ्क्रमित भएको हुन सक्ने एक सचिवले बताए । उनका अनुसार सामान्य रुघाखोकी भनेर मतलब नगर्नेदेखि परीक्षण नगर्नेहरूको सङ्ख्या पनि उत्तिकै छ ।

यसै गरी सिंहदरवार परिसरमा खटिएका नेपाल प्रहरीका आधा दर्जन जति सुरक्षाकर्मीहरू पनि कोरोना सङ्क्रमित भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य टोलीले यतिबेला सिंहदरवारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूमा परीक्षण गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस