स्वास्थ्यमा बेथिति : औषधि व्यवस्था विभागमा दुई महानिर्देशक ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्यमा बेथिति : औषधि व्यवस्था विभागमा दुई महानिर्देशक !


३ माघ २०७८, सोमबार


काठमाडौँ । स्वास्थ्य क्षेत्रका बेथिति कति कति ! आफ्नै कर्मचारी कुन तहका कति सङ्ख्यामा छन् भन्नेसमेत यकिन तथ्याङ्क दिन मुस्किल पर्ने स्वास्थ्यमा यति बेला अर्को हेर्न लायक दृश्य छ औषधि व्यवस्था विभागमा । जहाँ दुई दुई जना महानिर्देशक हाजिर गरिरहेका छन् ।

गत मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको मन्त्री स्तरीयबाट महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशालामा सरुवा गरेर भरत भट्टराईलाई जिम्मेवारी दिए ।

विभागका एक अधिकारीका अनुसार अहिले भट्टराई र ढकाल दुवैले विभागको महानिर्देशककै रूपमा हाजिर गरिरहेका छन् । ढकालले जिम्मेवारी हस्तान्तरण नगर्दा हालै सरुवा भएर विभाग आएका भट्टराई हाजिर गरेर घरतिर हिँड्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस