२५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रम स्थगन गर्न एमालेको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रम स्थगन गर्न एमालेको निर्देशन


३ माघ २०७८, सोमबार


काठमाडौँ । नेकपा (एमाले) ले २५ जनाभन्दा बढीको सहभागिता रहने सबै खाले कार्यक्रम स्थगन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।

आज (सोमबार) आन्तरिक सर्कुलर जारी गर्दै एमालेले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर मात्रै कार्यक्रम गर्न निर्देशन दिएको हो ।

एमालेको निर्देशन :

– सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारु राख्ने ।

– २५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसङ्गठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गर्ने ।

– पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्ने ।

– पार्टीका स्थानीय कमिटी, नेता-कार्यकर्ता र जनप्रतिनिधिहरू कोभिड– १९ को महामारीका विरुद्धमा आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहने ।

Tags :
प्रतिक्रिया दिनुहोस