२० अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२० अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


३ माघ २०७८, सोमबार


काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से २०.६४ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २९४७ अङ्कमा पुगेको छ ।

परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चिएको छ ।

बैङ्किङ १९, होटल तथा पर्यटन ६, जलविद्युत ५५, जीवन बीमा ८०, उत्पादन ९९, निर्जीवन बीमा ५० र अन्य उपसमूह २३ अङ्कले बढेका छन् । व्यापार ९, लघुवित्त ६, फाइनान्स ०.९ र विकास बैङ्क उपसमूह २३ अङ्कले घटेका छन् ।

यस दिन पनि मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । दुई सातादेखि निरन्तर १० प्रतिशतले बढेको यो कम्पनीको मूल्य प्रतिकित्ता ४५८.८० रुपैयाँ पुगेको छ । सिंगटी हाइड्रो, सीईडीबी हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढ्यो ।

कुल ८१ कम्पनीको सेयर मूल्य घट्दा ९७ को बढ्यो भने ११ को स्थिर रह्यो । कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो । त्यसपछि क्रमशस् अपी पावर, माथिल्लो तामाकोसी, नेपाल टेलिकम र शिवम् सिमेन्ट कारोबारका आधारमा अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस