मन्त्री झाँक्रीद्वारा सय दिनको काम सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्री झाँक्रीद्वारा सय दिनको काम सार्वजनिक


३ माघ २०७८, सोमबार


काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेपछिका एक सय दिन कार्यकालको समीक्षा सार्वजनिक गरेकी छन् ।

मन्त्रालयमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले ३७ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेकी हुन् । उनले नीतिगत व्यवस्थापन, विभिन्न आयोजना र कार्यक्रममा भएको काम पनि सार्वजनिक गरेकी छन् ।

कार्यक्रममा चालु आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ ३५ र पुँजीगततर्फ १७ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिइयो । ६ महिनामा मन्त्रालयको समग्र प्रगति १८ दशमलव ९१ प्रतिशत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस