२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रयोगशालाका कर्मचारीमा कोभिड देखिएपछि पिसीआर परीक्षण बन्द

अ+ अ-

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ ।

प्रयोगशालामा रहेका दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै पिसीआर परीक्षण बन्द भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।

अस्पतालमा सञ्चालनमा रहेको पिसीआर प्रयोगशालामा छ कर्मचारी रहेका थिए । तीमध्ये तीन जनाको पुस मसान्तमा करार अवधि सकिएको र बाँकी तीनमध्ये दुई जनामा कोरोना देखिएपछि आइतबारदेखि पिसीआर परीक्षण रोकिएको सूचना अधिकारी सुवेदीले बताए ।

‘छ कर्मचारीमा तीन जनाको करार सकियो, दुई सङ्क्रमित भए, एक जनाले मात्रै प्रयोगशाला सञ्चालन गर्न सकिने अवस्था हुँदैन, त्यसैले बन्द भयो’, सूचना अधिकारी सुवेदीले भने ।

पिसीआर प्रयोगशालाका कर्मचारीमा कोभिडका कारण जाँच रोकिएपछि प्रदेशमा थप जनशक्ति माग गरिएको उनले बताए । उनका अनुसार प्रदेशबाट केही दिनभित्रमा जनशक्ति व्यवस्थापन गर्ने जानकारी प्राप्त भएको छ । जनशक्ति थप नहुँदासम्म पिसीआर परीक्षण भने बन्द रहने उनले बताए ।

पिसीआर परीक्षण बन्द रहे पनि एन्टिजेन परीक्षण भने नियमित हुनेछ । अस्पतालमा कोभिड परीक्षण गर्नेको चाप बढिरहँदा पिसीआर रोकिँदा समस्या हुने देखिएको छ । यसैगरी अस्पतालले अत्यावश्यक नपरी अस्पताल नआउनसमेत सबैमा अनुरोध गरेको छ ।

आइतबार एक सूचना जारी गरी कोभिड सङ्क्रमणको जोखिम बढदै गएकाले अस्पतालमा भीडभाड हुँदा थप जोखिम हुनसक्ने भन्दै अतिआवश्यक नपरेसम्म अस्पतालमा नआउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

अस्पतालका कर्मचारीमा समेत कोभिड सङ्क्रमण भई जनशक्ति कम भएको र भीडभाड हुँदा कोभिडको जोखिम थप बढ्ने भएकाले यस्तो अनुरोध गरिएको सूचना अधिकारी सुवेदीले बताए । ‘अस्पतालबाट सेवा दिइरहेका छौँ, तर पनि अतिआवश्यकबाहेक केही दिनपछि अस्पताल आए हुने बिरामी यो समयमा नआए भीड कम हुने र जोखिमसमेत कम हुने भएकाले यस्तो अनुरोध गरेका हौँ’, सूचना अधिकारी सुवेदीले भने, ‘कर्मचारीमा कोभिड देखिएर जनशक्ति कम हुँदा सेवा दिनसमेत गाह्रो हुने भएकाले यस्तो गर्नुपरेको हो ।’