सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना


३ माघ २०७८, सोमबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका अन्य प्रदेशका पहाडी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

तराईका धेरै स्थानहरूमा हुस्सु–कुहिरो लागि रहेको छ। सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस