२९ सय अङ्क नाघ्यो नेप्से , सबै उपसमूहमा वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२९ सय अङ्क नाघ्यो नेप्से , सबै उपसमूहमा वृद्धि


२ माघ २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्सेले २९ सय अङ्क नाघेको छ । परिसूचक ६९ अङ्क बढेसँगै २९२६ मा कायम भएको छ । साथै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।

गत बिहीबार ६ अर्ब ६६ करोडको सेयर कारोबार भएकोमा आज ९ अर्ब ६७ करोड पुगेको छ । सबै उपसमूहमा हरियाली छाएको छ ।

बैङ्किङ ३९, व्यापार ७९, होटल तथा पर्यटन ५५, विकास बैङ्क १४३, जलविद्युत ७५, फाइनान्स ५६, निर्जीवन बीमा २६६, उत्पादन ४०९, अन्य ६६, माइक्रोफाइनान्स ११०, जीवन बीमा ३८९ र लगानी उपसमूह १ अङ्कले बढेका छन् ।

६ कम्पनीको मूल्य स्थिर रहँदा १६७ कम्पनीको मूल्य बढ्यो भने १६ को घट्यो । मध्य भोटेकोसीको मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस