जापानले जारी गरेको सुनामीको चेतावनी रद्द « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जापानले जारी गरेको सुनामीको चेतावनी रद्द


२ माघ २०७८, आइतबार


टोकियो । प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विस्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरिएको थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ः०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

सुनामीको चेतावनी दिँदै देशका आठ प्रान्तका करिब दुई लाख ३० हजार मानिसहरूलाई ठाउँ खाली गर्ने आदेश जारी गरिएको थियो ।

सम्बन्धित समाचार : अमेरिका र जापानमा सुनामी आउन सक्ने, नागरिकहरुलाई सावधानी अपनाउन आग्रह

Tags :
प्रतिक्रिया दिनुहोस