२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा बुस्टर डोज आजबाटै सुरु, काठमाडौँमा सोमबार र भक्तपुरमा मंगलबारबाट मात्रै

अ+ अ-

काठमाडौँ । ललितपुर जिल्लामा आज (आइतबार)बाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ । काठमाडौँ जिल्लामा भने भोलि (सोमबार)बाट र भक्तपुरमा मंगलबारबाट मात्रै खोप दिन थालिने बताइएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिष विष्टका अनुसार आइतबार पाटन अस्पतालबाट बुस्टर डोज लगाउन सुरु गरिएको हो । उनका अनुसार ललितपुर जिल्लाका हरेक स्थानीय तहबाट खोप दिइने छ ।

यस्तै, काठमाडौँबाट भने सोमबारबाट मात्रै बुस्टर डोज लगाउन सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागर घिमिरेका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २ गतेदेखि फ्रन्टलाइनमा काम गर्नेहरूलाई बुस्टर दिने घोषणा गरे पनि केही प्राविधिक तयारी गर्नुपर्ने भएकाले आइतबार बुस्टर दिन नसकिएको हो ।

उनका अनुसार काठमाडौँ उपत्यकामा १८ स्थानबाट खोप दिने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । हामीले खोप कहाँ/कहाँ कति मात्रा पठाउने लगायतका विभिन्न प्राविधिक विषयमा अन्तिम तयारी गरिरहेका छौँ । भोलिबाट बुस्टर लगाउन सुरु गर्छौँ, घिमिरेले भने ।

साथै, भक्तपुरमा भने मंगलबारबाट खोप दिन थालिने छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार केन्द्रबाट खोप ल्याउने कार्य भइरहेकाले मंगलबारबाट मात्रै खोप दिन लागिएको हो । मिजारका अनुसार भक्तपुरमा हरेक स्थानीय तह तथा स्वास्थ्य कार्यालयहरूबाट खोप लगाउने व्यवस्था मिलाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्री स्तरीय निर्णय गरेर माघको २ गतेदेखि अग्रपंतिमा खटिने व्यक्तिहरूलाई र १४ गतेदेखि ६० वर्ष र माथिका नगरिकहरूलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने निर्णय भएको सार्वजनिक गरेको थियो ।