रामपुरमा योग अभ्यास केन्द्र निर्माण « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

रामपुरमा योग अभ्यास केन्द्र निर्माण


२ माघ २०७८, आइतबार


रामपुर । योग अभ्यास गराउने उद्देश्यले रामपुरमा योग अभ्यास केन्द्र निर्माण गरिएको छ ।

१४ लाख ८१ हजार ८४५ को लागतमा सो भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष लुकनाथ घिमिरेले जानकारी दिए ।

भवन निर्माणका लागि किसानबारी बट्टार खानेपानी तथा सरसफाइ आयोजनाबाट दुई लाख, किसानबारी कार्कीडाँडा सामुदायिक वनबाट २५ हजार, जनश्रमदानबाट ५८ हजार २०३ र अन्य बाँकी रकम रामपुर नगरपालिकाबाट आर्थिक वर्ष २०७६÷७७ देखि हालसम्म तीन आर्थिक वर्षमा प्राप्त भएको उनले जानकारी दिए ।

हालै निर्माण भएको यस भवनमा अहिले पतञ्जली रामपुर नगर योग समिति र रामपुर नगरपालिका आयुर्वेद शाखाको संयुक्त आयोजनामा योग सप्ताह चलिरहेको छ ।

योग समिति रामपुरका अध्यक्ष सुदिप गैरेले नियमित योग गरेमा शरीर निरोगी र फूर्तिलो बन्ने हुँदा शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अपरिहार्य रहेको बताए ।

योग अभ्यास कार्यमा अहिले धेरैको आकर्षण बढ्दै गइरहेको हुँदा भवन निर्माण भएपछि अब नियमित अभ्यास गराउन सजिलो हुने समितिका सचिव सूर्यप्रसाद श्रेष्ठले बताए ।

रोग लागेपछि औषधि गर्नुभन्दा रोग लाग्नै नदिनका लागि योग अभ्यास मानवजीवनको निम्ति अति आवश्यक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस