२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्ति परिवर्तन गर्नेकी विधि ?

अ+ अ-

सर नमस्कार, सर नमस्कार दुई पटक भन्दा पनि नसुनेपछि तेस्रो पटक अलि चिच्याएर नमस्कार गरेँ।

बिस्तारै मुन्टो घुमाउँदै हाकिम सा’बले कर्के नजर लगाउँनुभो ।

गाउँबाट चप्पल र हाफ पाइन्ट लगाएर बुवाको पछिपछि सदरमुकाम छिरेको बालकलाई सानै देखि सिकाइएको थियो कि नयाँ मान्छेलाई नमस्कार गर्नुपर्छ भनेर । त्यसैले त बल गरी गरी नमस्कार घिचाउन बाध्य हुन्थे म ।

कर्मचारी घुस नखाई त कामै गर्दैनन् भन्ने सुनेको बालकको मनले सोच्न भ्यायो कि यसरी नमस्कार खुवाउन त यति कठिन हुँदो रहेछ के को घुस खान्छन् होला बिचरा कर्मचारीहरू । बुवाले खै के के निवेदन लेख्दै हुनुहुन्थ्यो मैले त्यति बुझिन तर म कार्यालयमा यताउता गर्दै घुम्दथेँ । केही फाइल च्यापिएको च्यापियै हुन्थे त केही फाइलहरू तुरुन्तै अगाडी बढ्थे ।

बुवाले आज कान्छालाई काम सकिएपछि चाउमिन खुवाउँछु भन्नुभएकोले कति बेला बुवाको नाम आउला र हाम्रो काम सकिएला भन्ने सोच्दै नाम वाचन हुने आशामा थिएँ । तर दिउसोको २-३ बज्दै घडीको सुई अगाडी बढिरहेको थियो, कति वेला खाजा खाने समय, कति बेला चिया खाने समय गर्दै कार्यालय बिदा हुने वेला भइसकेछ बुवाको नाम उच्चारण गर्ने कष्ट कसैले गर्न सकेन ।

नाम कति वेला आउँछ ? कति नम्बरसम्म पुग्यो ? त्यो सोधेको त केवल बालुवामा पानी हाले सरह कसैले सुनेको/सुन्न खोजे पो ! हाकिम सा’व बाहिर निस्किने वेलामा बुवाले कहिले हुन्छ सर काम भन्दै पछाडि पछाडि दौडिँदै प्रश्न कानमा ठोक्याउँन सफल हुनुभयो क्यारे । हाकिम सा’ब बाट दुई शब्दे जवाफ फर्कियो “भोलि आउनु” ।

बुवा र म भोक, तिर्खा र थकानको भारी बोकेर लाग्यौँ कोठातिर ।बाटोमा चाउमिन खाने रहर पनि ढिलो भएका कारणले सफल हुन सकेन । एक प्याकेट चाउचाउ किन्दिनु भयो बुवाले । त्यहीँ चपाउँदै/चपाउँदै कोठामा पुग्यौँ । कोठामा बुवा र म बस्दै गफ गर्न थाल्यौँ । मैले बुवालाई सोधे बुवा हाम्रो काम कति धेरै रहेछ है ? दिन भर गर्दा पनि सकिएन ।

बुवाले जवाफ दिनुभयो काम धेरै होइन छोरा ढिलासुस्ती हो । तर काम त भइराखेको थियो त भनी प्रतिप्रश्न गर्दा बुवाले जवाफ दिनुभयो हाम्रो काममा मात्र ढिलासुस्ती बाबु । यति भन्दै बुवाले साह्रै निराश मुद्रामा भन्नुभयो मेरो छोरो हाकिम भएको देख्ने मन छ । मैले पुन सोधे बुवा यस्तो अरूका काम नगर्ने हाकिम बनाउन किन खोज्नुभयो ? बुवाले जवाफ दिनुभयो -मेरो छोरो हाकिम भएपछि त सबैले छिटो छिटो काम गर्दिहाल्छन् नि अनि छोरोले चाहिँ यसरी काम ढिला सुस्ती चाहिँ नगर्दिनु है ? उसो भए हाकिम हुन चाहिँ के गर्नु पर्छ नि बुवा ? धेरै पढ्नुपर्छ ।

बुवाको यहीँ भनाई दिमागमा राखेर अर्को दिन कार्यालयमा बुवासँगै पुगेँ । अर्को दिनको क्रियाकलाप पनि हेरेपछि सोचे यी कर्मचारीहरू साँच्चिकै ठुला रहेछन् र पो नमस्कार फर्काउन पनि गाह्रो मान्दा रहेछन् । यस्तै हुँदै अर्को दिनको मध्येतिर मात्र बुवाको काम भयो । बुवा फुरुङ्ग हुनुभयो । मलाई पनि हिजो खान नपाएको चाउमिन खाने र घर जाने रहरले खुसी लाग्यो । त्यसपछि हामी खाजा खाएर होटेलमा पुग्यौँ । होटेलको हिसाब बुझाएर लाग्यौँ घर तिर । बाटोमा हिँड्दै गर्दा बुवालाई प्रश्न गरेँ, बुवा हाम्रो काम किन ढिला भएको रहेछ ? बुवाले भन्नुभयो -अलिकति खाजा खर्च दिएको भए छिटो हुँदो रहेछ । मैले त्यो समयमै जानकारी पाइन ।

घर पुगेपछि अरू सबै कुरा बिर्सेर बुवाले भनेको धेरै पढ्नुपर्छ भन्ने वाक्यांशलाई सम्झेर मैले आफ्नो नियमित पढाइलाई निरन्तरता दिएँ । गुल्मी घर भैकनपनि लोक सेवाको हावा हाम्रो तिर कमै मात्र बहने हुँदा त्यो शीतलताले हाम्रो गाउँलाई छुन सकेको थिएन । न त विद्यालयमा गुरुले भन्नुभयो, न त आशीर्वाद दिनेहरूले नै आँखा खोलिदिनुभयो । केवल आशीर्वाद पाइन्थ्यो त जापान-जर्मन जानु, मास्टर हुनु, टन्न दाम कमाउनु ।तर बुवाले भनेजस्तो ठुलो मान्छे हुन के गर्ने होला भन्ने कुराले मलाई झस्काइरहन्थ्यो ।

दिन बित्दै गए, कुनै दिन सरकारी कार्यालयमा काम गर्न जानु छ भनेपछि दुई दिन अघिदेखि तनाव सिर्जना हुन्थ्यो । यस्तै हुँदा बिचमा कैयौँ पटक सरकारी कार्यालय पनि पुगियो त्यो लथालिङ्ग अवस्था देख्दा विरक्त लाग्थ्यो । फोहोर शौचालय, कर्मचारीका खाली कुर्ची, कर्मचारी विना चलिरहेका हिटर/पङ्खा/कम्प्युटर, हल्ला खल्ला, सेवाग्राहीले काम नभएकोमा देखाएको नैराश्यपन, सोर्स फोर्स लगाएर काम गराउन सफल व्यक्तिले युद्ध जिते जसरी अन्य सेवाग्राहीप्रति देखाउने हेयको दृष्टिकोण…यस्तै यस्तै ।

यी त सरकारी कार्यालयको पहिचान जस्तै लाग्दथ्यो । यो देख्दा लाग्थ्यो किन यस्तो हुन्छ हाम्रो सरकारी काम ? के यो परिवर्तन सम्भव छैन ? सोच्थे म यो स्थानमा पुगे भने यस्तो गर्दिन । बारम्बार कर्मचारीको तलब कम छ भन्ने पनि सुनिन्थ्यो तर काठमाडौँमा ठुला ठुला बिल्डिङ पनि कर्मचारीले बनाएकै थिए । अचम्म लाग्थ्यो यस्तो कसरी सम्भव हुन्छ ? अनि मनमनै सोच्थेँ त्यही बुवाले भन्नुभएको खाजा खर्चबाट बचाएर होला ।

स्कुल, कलेजको पढाई त्यो पनि विज्ञान सङ्काय । कलेजकै किताबको मात्र पढन्ते नै भैयो क्यारे मास्टर डिग्री पढ्दासम्म सामान्य ज्ञानको किताब पनि किनिएन । लोक सेवाको फाराम भर्ने गाइगुँई कलेजमा सुने पनि सामान्यज्ञानकै डरले फाराम भरिएन । तर मनमा इच्छा चाहिँ रहिरहेकै कारण कलेजको पढाइ सकिए लगत्तै तयारीमा जुटी सफलता पनि हात पर्‍यो । यति भएपछि बुवाको एउटा सपना पुरा भयो छोरोलाई हाकिम बनाउने किनकि शाखा अधिकृतलाई हाकिम भनी बोलाउने सिस्टम रहेछ । हाकिम नै नभएपनि साथीहरूले आफूलाई पनि भनिदेला भन्ने आशाले जिस्किँदै बोलाउने उपनाम ‘हाकिम’ सा’ब । परिवारमा खुसीको सीमा नै रहेन हजुरबुवा देखि बुवासम्म सबैले हाकिम भन्न थालेपछि केटाकेटीले समेत हाकिम बाबा भन्लान् भन्ने डर भो । याद आयो ती नमस्कार नफर्काउने हाकिमको पनि ।

कार्यालयमा हाजिर भएपछि बुझ्दै गइयो, कार्य प्रणाली, कार्यसम्पादन मूल्याङ्कन, कर्मचारी पुरस्कृत गर्ने पद्धति, निर्णय गर्ने पद्धति, कर्मचारीको हाजिर हुने प्रणाली, कर्मचारीको तलब….यस्तै यस्तै ।

पढ्दा खेरी बुझेको राज्यका तिन अङ्ग हुन्छन् व्यवस्थापिका, कार्यपालिका, र न्यायपालिका । व्यवस्थापिकाले कानुन बनाउने, कार्यपालिकाले कार्यान्वयन गर्ने र न्यायपालिकाले कानुन सम्मत भए/नभएको चेक गर्ने र कानुन सम्मत बनाउने । जसमा कर्मचारी राज्य भित्रको सेवा प्रवाह गर्ने प्रणालीको अङ्ग ।

यस्तै बुझ्दै जाँदा यो बिचमा कति सरकार परिवर्तन भए, कति ठुला ठुला भाषण गर्नेहरू पनि निस्किने बेलामा कर्मचारीलाई नै दोष थोपरेर हस्त नमस्कार गरेर बिदा भए । कतिले कर्मचारी फेरबदलमा ध्यान केन्द्रित गरे । कति पटक चुनाव भयो। कति नेतृत्व परिवर्तन भयो । तर किन हुन सकेन त देशको विकास किन लिन सकेन त विकासले गति ?

अझै पनि कर्मचारी वृत्त ढिलासुस्ती, भ्रष्टाचार लगायतका नकारात्मक उपमाबाट विमुख हुन सकेका छैनन् । र, किन राजनीतिक नेतृत्वले समेत जनताको माया पाउन सकेका छैनन् ? यसले सोच्न बाध्य बनाएको छ कतै हामी विधि सच्याउन भन्दा व्यक्ति परिवर्तन गर्ने दिशातर्फ केन्द्रित त भएनौँ ? जस्तै, कुनै कार्यालयमा कर्मचारीको सङ्ख्या आवश्यकता भन्दा बढी त कुनै कार्यालयमा आवश्यकता अनुसार पनि कर्मचारीको सङ्ख्या पदपूर्ति नहुँदा समस्या पर्ने गरेका समाचारहरू मात्र हैन भोग्न समेत भ्याइएको अवस्था छ । वैज्ञानिक ढङ्गले कार्यालय समयावधि ७ घण्टाभित्र पर्याप्त काम गर्न पाउने अवसर सबै कर्मचारीले पाउने गरी कार्य विभाजन गरी काममा खटाउनु पर्ने आवश्यकता किन हुन नसकेको होला ?

प्राविधिक कर्मचारीको आवश्यकता पर्ने ठाउँमा अप्राविधिक कर्मचारी र अप्राविधिक कर्मचारीको आवश्यकता पर्ने ठाउँमा प्राविधिक कर्मचारीलाई पठाउँदा काम गर्न कठिनाइ हुने र अँध्यारोमा ढुङ्गा हानेजस्तो गरी काम गर्नुपर्ने अवस्था छ । त्यो प्रवृत्तिलाई फेरबदल गर्नुपर्ने देखिन्छ । कार्यपद्दतिलाई अहिलेको पुस्ताले अनुसरण गर्न सहज हुने ढङ्गले छिटो छरितो बनाउनुपर्छ । जसले नयाँ पुस्ताले समेत सरकारी सेवा प्रति आकर्षण देखाउन सकुन् ।

एउटै निर्णयलाई हरेक मन्त्रालयमा पुगेपछि टिप्पणी उठान गर्दै हाकिमकोबाट स्वीकृत गराउनुपर्ने, एउटा निवेदन दर्ता गर्नको लागि दिनभर हाकिम सा’बलाई कुरेर तोक लगाउनुपर्ने अवस्थाले कसरी सार्वजनिक सेवा प्रवाह प्रति आकर्षण होला र ! हाकिम सा’बको समय उपलब्ध नहुने जसले गर्दा निर्णय प्रक्रिया ढिलो हुने जस्ता कारणले विद्युतीय प्रणालीको विस्तार गर्नुपर्ने देखिन्छ । खरिदमा सरकारी कार्यालय सबैमा लागु हुने गरी निश्चित दर निर्धारण गरी सफ्टवेयरको विकास गर्नु आवश्यक देखिन्छ ।

केही कर्मचारीहरू त नियत नै खराब राखी धन आर्जनतर्फ लागेका पनि अवश्य होलान् तर सबै कर्मचारीलाई एउटै डालोमा राखेर मनस्थिति कमजोर पार्ने खालको वातावरण किन निर्माण भइरहेको छ ? कतै हामीले बनाएका कानुनहरूको कार्यान्वयनमा त्रुटि, अवैज्ञानिक कार्यसम्पादन प्रणाली जस्ता कारणले गलत मान्छे पुरस्कृत र असल राष्ट्रसेवक पाखा लागिरहेको अवस्था त छैन भन्ने कुरामा किन ध्यान जान नसकेको अहिले सम्म ? नेताका पहुँचका आधारमा मौजुदा ऐन कानूनहरुसमेतलाई लात हानी सरुवा गर्ने प्रणालीलाई कहिले निमिट्यान्न पार्ने ? यस्तै यस्तै थुप्रै प्रश्नहरूको उत्तर दिने गरी विधि निर्माण किन हुन सकेन त ? राजनीति गर्ने नेता र सेवा प्रवाह गर्ने कर्मचारीहरू मातृभूमि प्रति सेवा गर्ने भावनाले ओतप्रोत भएर नै सेवामा लागेका हुन त्यसका लागि हामीले बनाएका विधि र प्रक्रियाहरूमा रहेका प्वालहरू टाल्न सक्नुपर्छ ।

नेतृत्व गर्ने राजनीति, काम गर्ने कर्मचारीबिचको सम्बन्ध सुमधुर हुन विधि स्पष्ट हुनुपर्ने जरुरी हुन्छ । काममा स्पष्टपना हुने हो भने सायदै कम कर्मचारी होलान् काम रोक्न रुचाउने । सरकारी खरिद प्रक्रियालाई छिटोछरितो, स्पष्ट, पारदर्शी बनाउने, कर्मचारीको कामको आधारमा पुरस्कृत र निश्चित सेवा अवधि पुगेपछि सरुवा हुने, स्पष्ट वृत्ति विकासको पद्धति र जागिर अवधिभर यति जिल्लामा सेवा गर्ने स्पष्ट सरुवा प्रणाली, कर्मचारी र राजनीतिक नेतृत्वको तलब, भत्ता र वार्षिक आम्दानी समान पदमा समान हुने पद्धति विकास गर्ने र कर्मचारी वर्गलाई पर्याप्त तलबको व्यवस्था गर्ने, काम पुरा दिने, बरु उमेरको उत्तरार्धमा पुगेकालाई स्वैच्छिक अवकाशको माध्यमबाट बिदा गर्ने प्रणालीलाई अवलम्बन गरी नयाँ प्रविधिसँग सजिलै भिज्न सक्ने क्षमता भएका कर्मचारीलाई मात्र राख्ने विधिको अवलम्बन गर्नु जरुरी देखिन्छ ।

अन्यथा जति नेतृत्व गर्ने रूपहरू नयाँ नयाँ आए पनि एकले अर्कालाई दोषारोपण गर्ने र बिदा हुने बाहेक अरू उपलब्धि पनि नहुने जसले गर्दा राजनीतिक नेतृत्व र कर्मचारी बिचको सम्बन्ध राम्रो पनि बन्न नसक्ने कारणले विकासको यात्रामा गति बढाउन नसक्ने अवस्थाले लामै समय नगुजार्ला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस