पेस्तोलसहित एक जना युवक पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पेस्तोलसहित एक जना युवक पक्राउ


२ माघ २०७८, आइतबार


सिरहा । प्रहरीले १ थान म्याग्जिन नभएको पेस्तोलसहित एक जना पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका–६ डोहटिया टोल बस्ने २७ वर्षीय पंकजकुमार महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

महतोले आफ्नै घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पेस्तोलसहित उनलाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस