भैरहवामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

भैरहवामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु


३० पुस २०७८, शुक्रबार


रुपन्देही । भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस