होस्टेल शुल्क फिर्ता नगर्ने केएमसीको अडान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

होस्टेल शुल्क फिर्ता नगर्ने केएमसीको अडान


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अतिरिक्त शुल्क सम्बन्धमा शुक्रबार भएको छलफलमा उनले यस्तो बताएका हुन्।

छलफलमा उनले भने, ‘होस्टेल शुल्क नियमभित्रै टेकेर ल्याइएको छ। शुल्क फिर्ता गर्दैनौं। यदि सहमति भयो भने त्यसमा मेरो नोट अफ डिसेन्ट हुन्छ।’

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले होस्टेल विद्यार्थीको ऐच्छिक विषय भएको बताए। छलफलमा शिक्षा मन्त्री देवेन्द्र पौडेल, शिक्षा मन्त्रालयका अधिकारी, मेडिकल कलेजका प्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस