भारतमा थप दुई लाख ६४ हजार कोरोना सङ्क्रमित थपिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतमा थप दुई लाख ६४ हजार कोरोना सङ्क्रमित थपिए


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार सङ्क्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या तीव्र बढेको हो । भारतमा कूल सङ्क्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय सङ्क्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस