२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताका स्वास्थ्यसम्बन्धी नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्यसम्बन्धी नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो सामुदायिक जोरियाट्रिक(ज्येष्ठ नागरिक वार्ड) स्वास्थ्य सेवाको हिजो (बिहीबार) शुभारम्भ गर्दै उनले भौतिक पूर्वाधार तथा दक्ष जनशक्ति व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहेको बताइन् ।

कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनको सङ्क्रमणबाट जोगिन उच्च मनोबलका साथ पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालन गर्नु अपरिहार्य भएको बताउँदै मन्त्री अधिकारीले प्रदेश सरकारले नागरिकलाई सर्वसुलभरुपमा खोपको व्यवस्था गर्दै आएको बताइन् ।

प्रदेशमा कोभिडको कारण ज्यान गुमाउने परिवारका लागि जनही रु ५० हजार र आश्रित बालबालिकाका लागि मासिक पाँच हजार रुपैयाँको व्यवस्था गर्नका लागि आवश्यक कार्यविधि तयार भइरहेको उनले जानकारी दिइन् ।

पोखरा वृद्धाश्रमले समाजका विपन्न, असहाय र बेवारिसे अवस्थाका ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरेर राज्यको भूमिका निर्वाह गरेको बताउँदै मन्त्री अधिकारीले प्रदेश सरकारबाट आश्रम सञ्चालनका लागि आवश्यक सहयोग रहने विश्वास व्यक्त गरिन् ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जोरियाट्रिक सेवा सञ्चालनसँगै वृद्धाश्रमका आमाबुबाका लागि मात्र नभई समाजका सम्पूर्ण ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए।

दक्ष जनशक्तिद्वारा स्वास्थ्य परीक्षण, उमेर समूहका आधारमा ज्येष्ठ नागरिकमा देखिने समस्याको समाधान, औषधि सेवनलगायत आवश्यक सुविधा उपलब्ध गराउन जोरियाट्रिक सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले यसको निरन्तरताका लागि तीनै तहका सरकारको साथ र सहयोग आवश्यक रहने बताए । आश्रममा हाल विभिन्न जिल्ला र समुदायका ४५ जना ज्येष्ठ नागरिकसहित ५५ जना आबद्ध छन् ।

कार्यक्रममा वृद्धाश्रमको निरन्तरताका लागि सञ्चालित अक्षयकोषमा रु ५५ हजार ५५५ प्रदान गर्नु हुने केदारनाथ अधिकारी र २५ हजार १२५ रुपैयाँ प्रदान गर्नुहुने सुन्दर विजय कोइराला तथा वृद्धाश्रमका उत्कृष्ट कर्मचारी लक्ष्मी सुवेदीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस