डोटीमा असिनाले तरकारी र हिउँदेबाली नष्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा असिनाले तरकारी र हिउँदेबाली नष्ट


२८ पुस २०७८, बुधबार


डोटी । बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ ।

सोमबार र मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मुला, प्याजलगायत साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौं मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्‍याएको छ ।

यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन् । सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस