भारतमा २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भारतमा २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु


२८ पुस २०७८, बुधबार


काठमाडौँ । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै १ लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ ।

मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो ।

भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्लीमा २३ जनाको मृत्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै हो ।

Tags :
प्रतिक्रिया दिनुहोस