२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाह्रवर्षे मकर मेलामा स्वास्थ्यको मापदण्ड अपनाएर मात्र स्नान

अ+ अ-

काभ्रेपलान्चोक । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्त्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ ।

मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) को बैठकले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम तथा महोत्सव नगर्न स्थानीय तहसँग आग्रह गरेको छ ।

साथै पनौती नगरपालिका–७ त्रिवेणीघाट क्षेत्रमा सञ्चालन हुने १२ वर्षे बृहत् मकर मेलामा २५ जनाभन्दा कम र भिडभाड नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई भक्तजनलाई स्नानमात्रै गर्ने व्यवस्था मिलाउन सुरक्षा निकाय, पनौती नगर कार्यालय तथा मेला व्यवस्थापन पक्षलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

नगरपालिका कार्यालयले सूचना जारी गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर मेला तथा अन्य विविध कार्यक्रम स्थगन गरिएको जनाएको छ । ‘मेलामा भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर मात्रै २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने सूचित गरेका छौँ’, नगरप्रमुख भीम न्यौपानेले भने । मेला भर्न छिमेकी भारतबाट समेत तीर्थालु आउने गरेका छन् ।

मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटर तथा बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्छ ।

मेलाका लागि नगरले गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको छ । त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिस्थित गोरखनाथलाई अर्पण गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस