मेक्सिकोका राष्ट्रपति अन्ड्र्रेस कोरोनाभाइरसबाट फेरि सङ्क्रमित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेक्सिकोका राष्ट्रपति अन्ड्र्रेस कोरोनाभाइरसबाट फेरि सङ्क्रमित


२७ पुस २०७८, मंगलबार


मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि सङ्क्रमित भएका छन् । उनी अहिले दोस्रो पटक सङ्क्रमित भएको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई सामान्य लक्षण देखिएको र शङ्का लागेर परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उनीहरुको भनाई छ । सङ्क्रमण पुष्टि भएसँगै राष्ट्रपति अन्ड्रेस आइसोलेसनमा बसेका छन् । तर उनले आफ्नो काम भने आइसोलेसनबाटै पनि गर्ने जनाइएको छ ।

भर्चुअल माध्यमबाट गर्न मिल्ने काम भर्चुअल माध्यमबाटै गर्ने उनले बताएका छन् । गत सोमबार पत्रकार सम्मेलन गरेपछि उनलाई सङ्क्रमण भएको जनाइएको छ ।

अबको पत्रकार सम्मेलन भने गृहमन्त्री अडान औगुस्टो लोपेजले गर्ने तय भएको छ । उनले अतिरिक्त खोपसमेत लगाइसकेकाले सङ्क्रमण हुने सम्भावना कम रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस