कालिकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कालिकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप


२७ पुस २०७८, मंगलबार


मान्म । कालिकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ ।

लक्ष्यभन्दा ३७२ थप बालबालिकालाई सो खोप लगाइएको हो । यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौ वटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कटकबहादुर मतले भने, ‘१२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिएका छौँ । खोप नियमित रुपमा लगाउने व्यवस्था गरेका छौँ ।’

जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ७० हजार ५४२ जना नागरिकलाई पहिलो र २९ हजार ३७५ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको उनले जानकारी दिए ।

खोप नलिएका १८ वर्षमाथिका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोपसमेत लगाइने व्यवस्था गरिएको सूचना अधिकारी महतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस