२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा आजदेखि जलपन्छी गणना

अ+ अ-

पोखरा । पोखरामा जलपन्छीको गणना गरिने भएको छ । सन् १९८७ देखि नियमित रूपमा गरिँदै आएको जलपन्छी गणना कार्यक्रमअन्तर्गत पोखरामा आजदेखि दुई दिनसम्म गणना गरिने भएको हो ।

सन् २००४ देखि पोखरा उपत्यकामा नियमित जलपन्छी गणना गरी अभिलेख राखिँदै आइएको छ । प्रत्येक वर्ष जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणनामा स्वयंसेवी पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षणसँग सम्बन्धित सङ्घसंस्थाको सहभागिता रहेको पोखरा पक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरेले जानकारी दिए ।

उनका अनुसार सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपन्छीहरूको अनुगमन र गणना गर्ने गरिन्छ ।

यस वर्ष पनि पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीमा जलपन्छीहरूको गणना भइरहेको छ ।

होटेल टाइगर माउन्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरामा सुरु गरिएको पानी चरा गणनामा पथप्रदर्शकहरु, नेपाल पक्षी संरक्षण सङ्घ–पोखरा र पोखरा पक्षी समाजको संलग्नता रही आएको छ ।

पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपन्छी गणना गरिने प्रकृति संरक्षणविद् झलक चौधरीले जानकारी दिए ।

हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको अध्यक्ष घिमिरेको भनाइ थियो ।