सुनचाँदीको मूल्य बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनचाँदीको मूल्य बढ्यो


२७ पुस २०७८, मंगलबार


काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९० हजार ८ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस