२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवल पावर कम्पनीको २९औँ साधारण सभा सम्पन्न

अ+ अ-

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सोमबार सम्पन्न सभाले सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू पारित गरेको छ ।

जसअनुसार सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७७।७८ को लेखा परीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरू, लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८।७९ को लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने, बोनस शेयर वितरणका लागि चुक्ता पुँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सो नगद लाभांश यथाशक्य छिटो शेयरधनीहरुलाई वितरण गरिने जानकारी सभाले दिएको छ । बोनस शेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी रु. ३,२४,६३,२६,८०० कायम हुने कम्पनीले जनाएको छ ।

बुटवल पावर कम्पनी लिमिटेडले प्रत्यक्षता सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत गृहहरू नियमित रूपमा सञ्चालन हुनुका साथै सहायक तथा सम्बद्ध कम्पनीहरू मार्फत सञ्चालित ४ मे. वा. को खुदी जलविद्युत गृह र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत गृहको सञ्चालन सुचारु रूपमा हुँदै आएको छ । खिम्ती आयोजनाको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको जानकारी समेत प्रतिवेदनमा उल्लेख छ ।

निर्माणको चरणमा रहेको ३० मे.वा.को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई प्रसारण लाइन तथा सवस्टेशनको अभावले विद्युत उत्पादन तथा वितरण ढिलाइ हुन गएको छ । ३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनामा विश्व बैङ्कले हात झिकेका कारण सन् २०२० को सुरु देखी नै निर्माण कार्य स्थगित छ ।

कम्पनीका अनुसार तीन चिनियाँ लगानीकर्ताहरुसंगको संयुक्त लगानीमा मर्स्याङ्दी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरुमा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत आयोजना क्यासकेड अवधारणामा निर्माण गर्न लागिएको छ ।

निर्माणको तयारीमा रहेको ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजनाले सुरुमा मर्स्याङ्दी क्यासकेड आयोजनाहरू निर्माणको लागि आवश्यक विद्युत आपूर्ति गर्ने र सो पश्चात् नेपाल विद्युत प्राधिकरणसँग विद्युत बिक्री गर्ने गरी तयारी अघि बढाइएको छ । १६० मे.वा. को मुगु कर्णाली जलविद्युत आयोजना र ७ मे.वा. को झिमरुक सौर्य आयोजना अध्ययनको क्रममा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस