बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त


२६ पुस २०७८, सोमबार


हेटौँडा । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शमाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा श्रेष्ठलाई मुख्य न्यायधिवक्तामा नियुक्त गरेका हुन् ।

धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ९२ हटिया निवासी श्रेष्ठलाई आज (सोमबार) उच्च अदालत पाटनका मुख्‍यन्यायाधीश नृपध्वज निरौलाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छी मन्त्री वसुन्धरा हुमागाईँ लगायतको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस