पूर्वराजा शाह पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वराजा शाह पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने


२६ पुस २०७८, सोमबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीका अवसरमा भोलि (मंगलबार) पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।

पहिलो पटक सिंहदरबारको मूल गेटअघि रहेको पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा शाहले माल्यार्पण गर्न लागेका हुन् ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार भोलि मध्यान्ह साढे १२ बजे पूर्वराजा सिंहदरबारअगाडि पुग्ने कार्यक्रम रहेको छ ।

भोलि पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती मनाइँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस