म्यानमारकी नेतृ सुचीलाई थप चार वर्ष जेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

म्यानमारकी नेतृ सुचीलाई थप चार वर्ष जेल


२६ पुस २०७८, सोमबार


काठमाडौँ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेल सजाय सुनाइएको छ ।

यसअघि सुचीमाथि लगाइएको चार वटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको सैनिक अदालतले उनलाई थप चार वर्ष जेल सजाय सुनाएको हो ।

उनलाई बिना लाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराले जनाएको छ ।

गत महिना उनलाई कोभिड-१९ को मापदण्ड उल्लङ्घन गरेको आरोपमा चार वर्ष जेल सजाय सुनाइएको थियो । पछि म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले दुई वर्ष सजाय घटाएर दुई वर्ष मात्र जेल सजाय तोकिएको थियो ।

सैन्य ‘कु’ गरेपछि गत वर्ष फेब्रुअरी १ मा सेनाले ७६ वर्षीया सुचीको घरमा तलासी लिँदा बिना लाइसेन्सको वाकी टकी फेला पारेको थियो ।

उनीमाथि दर्जनभन्दा बढी आरोपहरू लागेका छन् । सुचीले भने ती सबै आरोपहरू कपोकल्पित भएको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस