दाङमा बाघको छाला बिक्री गर्न लागेको अवस्थामा ४ जना पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दाङमा बाघको छाला बिक्री गर्न लागेको अवस्थामा ४ जना पक्राउ


२४ पुस २०७८, शनिबार


पक्राउ

दाङ । दाङमा प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका– १ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका –२ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन् ।

प्रहरीले गोप्य सूचनाको आधारमा लमही नगरपालिका–३ टिकुलीगढबाट बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बाघको छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको बताइएको छ ।

बरामद गरिएको बाघको छालासहित उनीहरूलाई डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस