२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताएका छन् । उनले जलवायु परिवर्तनका विषयमा सरकार, निजी क्षेत्र तथा सरोकार भएका सबै निकायले एक आपसमा मिलेर काम गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।

अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको जलवायु परिवर्तनका मुद्दाका सन्दर्भमा ‘युनिटी फर सस्टेनिबिलिटी’नामक कार्यक्रममा आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो अडान स्पष्टरूपमा राखेको बताए ।

जलवायु परिवर्तन र यसले पारेको प्रभावलाई न्यून गर्न सञ्चारमाध्यमले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै उनले सक्रिय सहभागिताका लागि आग्रह गरे । वातावरण संरक्षण र जलवायु परिवर्तनका सन्दर्भमा जनचेतना जगाउन सञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले सरकारले पनि अल्पकालीन र दीर्घकालीन योजनाका साथ जलवायु परिवर्तनको मुद्दामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्रले पनि यस्ता मुद्दामा हातेमालो गर्न जरुरी रहेको भन्दै सहकार्यका लागि आह्वान गरे ।

सरकारले जलवायुमैत्री नीति तय गरेर काम गरिरहेको तथा अन्तर्राष्ट्रिय जलवायु सम्मेलनका क्रममा समेत स्पष्टरूपमा आफ्ना एजेण्डा प्रस्तुत गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

उनले सरकारले शून्य कार्बनको नीतिका साथै वन जङ्गल फँडानीसमेतलाई शून्यमा झार्न लागिपरेको उल्लेख गरे । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको भिडियो सन्देशसमेत प्रस्तुत गरिएको थियो । यस्तै जलवायु एवं वातावरणको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्था एवं व्यक्तिसमेतको सन्देश प्रस्तुत गरिएको थियो ।

अन्नपूर्ण मिडिया नेटवर्र्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जलवायु परिवर्तका मुद्दालाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गर्दै सञ्चारमाध्यमका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । जलवायु परिवर्तनका मुद्दामा सरकारसँग सहकार्य गरेर अघि बढ्नेसमेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस