२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण

अ+ अ-

चितवन । चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उनका ३२ वर्षीय भाइ कृष्णले कलेजो दान गरेका हुन् ।

अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको जनाएको हो । कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार कृष्णको ६० प्रतिशत कलेजो जीवनमा प्रत्यारोपण गरिएको छ ।

कलेजो प्रत्यारोपणमा चिकित्सक डा. सञ्जय यादव, डा. प्रवीन जोशी, डा. जयन्तकुमार साह, डा. गौरव कट्टेल, डा. सरोज ढुङ्गाना, एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, डा. सुरेश गौतम, डा. नवीन यादव, हेपाटोलोजिष्ट डा. सागर पौडेल, डा. वरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा. वित्रान पौडेल, डा. सुभास ओझा, डा. प्रदेश घिमिरे र डा. नेहा विष्टको सहभागिता रहेको थियो ।

योसँगै भारतको एपोलो अस्पतालका चिकित्सक डा. निरभ गोयल, डा. अरुण कुमार, डा. रमन रानासहितको चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

करिब एक वर्षदेखि विभिन्न अस्पतालमा कलेजोको परीक्षण गराउँदै आएका उनमा ‘वड चियरी सिन्ड्रम विथ कम्प्लिट पिभिटी डिजिज’का कारण कलेजो प्रत्यारोपण गरेका थिए ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा. हरिशचन्द्र न्यौपानेले सन् २०२१ मा नेपालमा सबैभन्दा बढी कलेजो प्रत्यारोपण गराउन सफल भएको बताए ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण हुँदै आएको छ । ती अस्पतालमा भन्दा बढी यस अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको उनले दाबी गरे । कलेजो प्रत्यारोपण गरेका भाइ कृष्णले दाजुले पुनर्जीवन पाएको बताए ।

उनले भने ‘यसले दाजु भाइको बीचमा प्रगाढ सम्बन्ध कायम गरेको छ । समाजले जे भने पनि परिवार भनेको परिवार नै हो ।’ आफ्नो दाजुले नयाँ जीवन पाएको र आफूलाई कुनै समस्या नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस