नेकपा एमालेको १६ जिल्लाको अधिवेशन आज नहुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपा एमालेको १६ जिल्लाको अधिवेशन आज नहुने


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको १६ जिल्लामा आज (शुक्रबार) अधिवेशन नहुने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले आज ६१ जिल्लाको अधिवेशन भने भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् । पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको हो।

सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको छ । त्यस्तै सङ्खुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ। त्यहाँ अध्यक्ष ओली आफैँ जाने तयारी भएकाले अधिवेशन रोकिएको छ।

रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ। बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको प्रचार विभागको भनाइ छ।

रिजालका अनुसार मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन हुने छैन।

Tags :
प्रतिक्रिया दिनुहोस