२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभाहल सञ्चालनको मोडालिटी बनाउन मन्त्री झाँक्रीको आग्रह

अ+ अ-

कर्णाली । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘सुर्खेत सभाहल’ सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउन आग्रह गरेकी छन्।

सहरी विकास मन्त्रालयको सरकारी भवन निर्माण कार्यक्रमअन्तर्गत सुर्खेत सभाहल (पहिलो चरण) को हिजो (बिहीबार) वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्दै उनले सञ्चालनको मोडालिटी बनाई हललाई आम्दानीको स्रोतका रुपमा विकास गर्न आग्रह गरिन् ।

मन्त्री झाँक्रीले नेपाल सरकार र दातृ निकायले निर्माण गरेका ठुला संरचनाको सञ्चालन र मर्मत सम्भारको मोडालिटी नहुँदा खण्डहर हुने समस्या रहेको बताइन् ।

‘नगरपालिकाले तत्काल हल सञ्चालनको मोडालिटी बनाउनुपर्छ, यो बिजनेस सिर्जना गर्न बनाइएको हल हो’, उनले भनिन्, ‘यसबाट प्राप्त हुने आम्दानीले मर्मत सम्भार, कर्मचारीलाई पारिश्रमिक दिन सकियोस् अब यो लावारिसे हुनुहुँदैन ।’

सहरी विकास विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले कार्यान्वयनमा ल्याएको सभाहल निर्माण योजना आर्थिक वर्ष २०७३/७४ देखि सुरु भएको थियो । समानान्तर/चक्रेश्वरी शिवशक्ति जेभीले रु २३ करोड लागतमा पहिलो चरणमा सभाहलको निर्माण कार्य पूरा गरेको हो ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, सहरी विकास विभागका महानिर्देशक पदमकुमार मैनालीको उपस्थितिमा मन्त्री झाँक्रीले सभाहल व्यवस्थापनको जिम्मा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरिन् । कार्यक्रममा नगर प्रमुख सुवेदीले सभाहलको दोस्रो चरणसँग सम्बन्धित निर्माण कार्यका लागि यथाशीघ्र ठेक्का प्रक्रिया थाल्न अनुरोध गरे ।

दोस्रो चरणअन्तर्गत फर्निचर व्यवस्थापन, बगैँचा, चमेनागृह निर्माणलगायत काम छन् । यसका लागि रु छ करोड लागतको अनुमान गरिएको छ । हाल बजेट अभाव भएका कारण दोस्रो चरणको काम सुरु हुन सकेको छैन । ‘सुर्खेत सभाहल’कर्णाली प्रदेशकै गरिमा भएको भन्दै नगर प्रमुख सुवेदीले यसको सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउने प्रतिबद्धता जनाए ।

सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका आयोजना प्रमुख अमरबहादुर थापाले अपाङ्गतामैत्री साना ठुला गरी तीन वटा बहुउद्देश्यीय सभाहल, बैठक कक्ष, शौचालय, पर्खाल, पार्किङ स्थल निर्माणका साथै खानेपानी र विद्युत् जडान कार्य सम्पन्न भएको जानकारी दिए ।

यहाँ ८५० सिट क्षमता भएको ठुलो हल, १५० सिट क्षमता भएका साना दुई हल छन् । अब ती हलमा फर्निचर व्यवस्थापनको काम बाँकी छ । वीरेन्द्रनगर– ६ मा अवस्थित सुर्खेत सभाहल साढे तीन बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

सभाहल हस्तान्तरण कार्यक्रमका लागि सुर्खेत आएकी मन्त्री झाँक्रीले सहरी विकास मन्त्रालयद्वारा सञ्चालित आयोजनाको अनुगमन गरेकी थिइन् । त्यस्तै वीरेन्द्रनगरस्थित पार्टी कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का नेता/कार्यकर्तासँग भेटघाट पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस