२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काजकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण

अ+ अ-

मस्को । काजकिस्तानमा बिहीबार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो ।

अहिले निर्धारण गरिएको पेट्रोलियम पदार्थको मूल्य कम्तीमा छ महिना वृद्धि नहुने पनि अधिकारीले जानकारी दिएका छन् ।

यही वर्षको पहिलो दिनदेखि लागु हुने गरी मूल्य वृद्धि भएपछि त्यसको विरुद्धमा देशभरी कडा आन्दोलन भएको थियो ।

आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर सङ्कटकाल समेत घोषणा गरे भने देशभरी अहिले पनि आन्दोलन चर्किरहेको छ ।

कुल एक करोड ९० लाखभन्दा बढी जनसङ्ख्या भएको मध्य एसियाली मुलुक काजकिस्तानमा छोटो अवधिमा ठुलो आन्दोलन भएको छ ।

आन्दोलनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दाबी पनि गरेका छन् ।

काजकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठुलो सहर अल्माटीमा प्रशासनिक भवनमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौँ प्रदर्शनकारी मारिएको प्रहरीले बिहीबार जनाएको छ ।

आन्दोलनकारीले रातको समयमा सरकारी प्रशासनिक भवन, अल्माटी सहरको प्रहरी विभाग, स्थानीय प्रहरी चौकीलगायतमा आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौँ आक्रमणकारीलाई मारिएको प्रहरी प्रवक्ता साल्टनाट बताएका छन् ।

काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले बुधबार मन्त्रीपरिषद् विघटन भएको घोषणा गरेका थिए ।

उनले देशको सबैभन्दा ठुलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा सङ्कटकाल लागू गरिएको घोषणा पनि गरेका छन् ।

सङ्कटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस