२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङ-बेनी सडक दैनिक पौने ९ घण्टा बन्द

अ+ अ-

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक मार्ग बागलुङ–बेनी सडक दैनिक पौने ९ घण्टा बन्द हुने भएको छ । बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक विस्तार गर्नका लागि यही पुस २५ गतेदेखि माघ ९ गतेसम्म दैनिक पौने ९ घण्टा सवारी सञ्चालन बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाको अध्यक्षतामा बसेको सुरक्षा अधिकारी, यातायात, निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयका प्रमुखको बैठकले बिहान ५ बजेदेखि ९ः३० बजेसम्म र साँझ ४ः१५ देखि ८ बजेसम्म सवारी आवतजावत बन्द गर्ने निर्णय गरेको छ ।

यसैगरी बेनी–पाखापानी सडकको अर्थुङ्गे–घतान खण्डमा ढलान गर्नका लागि यही पुस २५ देखिमाघ ४ गतेसम्म सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएकाले वैकल्पिक सडक प्रयोगका लागि सर्वसाधारणलाई अनुरोध गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । ‘हाडेभिरको साँघुरो ठाउँमा एक्साभेटर प्रयोग गरेर पहाड फुटाउँदा सवारी साधन आवतजावत गर्दा दुर्घटनाको जोखिम र काम प्रभावित हुने भएकाले निर्माण व्यवसायीले समय तालिका बनाउन प्रस्ताव गरेका थिए’, उनले भने, ‘बेनी-पाखापानी सडकको अर्थुङ्गे-नेप्टेचौर खण्डमा पनि ढलानका लागि सवारी बन्द गर्नुपरेको हो ।’

हाडेभिरमा करिब २०० मिटर दूरीमा पहाड काटेर सडकलाई १० मिटर पराकिलो पार्न लागिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–रत्नेचौर–बेनी सडक आयोजनाअन्तर्गत खबरादेखि हाडेभिरको मोटरेबल पुल जोड्ने सडक कालोपत्रे गर्न विसं २०७७ साउनमा बिरुवा–सिमरन जेभीसँग करसहित रु पाँच करोड ४३ करोड ३७ हजार ५९९ मा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७८ असार ३० गतेभित्र काम सकिनुपर्ने यो ठेक्काको म्याद आगामी चैत मसान्तसम्म थपिएको छ । सडक विस्तार गर्ने, पर्खाल लगाउने, नालीलगायत संरचना निर्माणका काम भइरहेको छ । निर्धारित समयभित्रै आयोजनाको काम सक्ने तयारी सहित मजदुर र उपकरण परिचालन गरेको निर्माण व्यवसायी प्रदीप सापकोटाले बताए ।

एक किलोमिटर २०० मिटर सडक आठ मिटर चौडाइमा कालोपत्रे हुन लागेको हो । यसअघि ११ मिटर चौडाइ गराउने भनिएको सडक पहिराको जोखिमका कारण घटाइएको हो । बागलुङदेखि रत्नेचौर हुँदै खबरासम्मको सडक कालोपत्रे भइसकेको छ । रत्नेचौरदेखि खबरासम्मको सडक कालोपत्रे नसकिँदै लकडाउन भएर विसं २०७६ चैत महिनादेखि रोकिएको थियो । बर्खामा पहिराले धेरै ठाउँमा क्षति पु¥याएको छ । देव एण्ड सायर–विएन जेभीले ठेक्का लिएको रत्नेचौर–खबरा खण्डको सडक निर्माण नसकिँदै जीर्ण बनेको छ । जीर्ण सडकमा दुर्घटनाको जोखिम छ ।

म्याग्दी र बागलुङ जिल्लालाई जोड्ने यो सडक म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको वैकल्पिक मार्ग हो । मालढुङ्गा–बेनी सडक पनि स्तरोन्नतिका लागि पुस १५ गतेदेखि दैनिक ५ घण्टा बन्द गरिएको छ । विसं २०५२ मा बागलुङ–बेनी सडकको मार्ग खुलेको थियो । मार्ग खुलेको २५ वर्षपछि सडक स्तरोन्तीले पूर्णता पाउन लागेको छ ।