२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीले विकास योजनाको अनुगमन गर्ने

अ+ अ-

खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ ।

एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि विवरण सङ्कलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन दिइएको पार्टीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिए ।

‘अनुगमनमा पाइएका विवरण माघ–१५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउन नगर वा गाउँपालिका कार्यसमितिलाई भनिएको छ’, उनले भने, ‘योजनाको पारदर्शीताबारे बुझ्ने र कुन टोलमा कस्तो योजनाको आवश्यकता छ भन्नेसमेत पहिचान हुन्छ ।’

अनुगमनका क्रममा बजेटको अङ्क, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदार कम्पनीको नाम, काम सम्पन्न भएको मात्रा, लाभान्वित घरधुरी सङ्ख्या, योजना दाता वा सम्बन्धित निकायको नाम लगायतका विवरण सङ्कलन गर्ने जनाएको छ ।

टोल समितिको भेलाबाट प्रत्येक टोल वा बस्तीमा आवश्यकीय तत्कालीन र दीर्घकालीन योजना छनोट गरी वडा समितिमा पेस गर्ने, टोल समितिबाट पेस भएका योजना वडा समितिमार्फत गाउँ वा नगर समिति हुँदै जिल्ला समितिमा पेस गर्ने/गराउने निर्णय गरिएको जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिए ।

टोल वा बस्तीमा आकस्मिकरुपमा भइपरी आउने समस्या वा योजनाको हकमा परिस्थितिजन्य रुपमा सिधै सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउन सकिने एकीकृत समाजवादीले जनाएको छ ।

पार्टीले गर्ने अनुगमनले जिल्लामा सञ्चालित विकासे योजनाका काम प्रभावकारी हुने अपेक्षा गरिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज चाम्लिङले बताए।

यसैबीच, एकीकृत समाजवादीले जिल्लाका दश स्थानीय तहमध्ये बाँकी रहेको खोटेहाङ, साकेला र रावाबेँसी गाउँपालिकामा तत्काल पालिकास्तरीय समितिसँगै कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

हालसम्म बराहपोखरी, जन्तेढुङ्गा, दिप्रुङ चुइचुम्मा, साकेला, ऐसेलुखर्क, केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडा इन्चार्ज एवं संयोजक तोकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको ७९ वडामध्ये ३७ वडामा वडा पार्टी समिति गठन गरिएको जनाइएको छ । आगामी माघ–७ गतेभित्र वडादेखि जिल्लासम्म जनवर्गीय सङ्गठनहरुको गठन तथा पुनः गठन गर्ने तयारी गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस