हेटौँडामा ५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हेटौँडामा ५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप


२२ पुस २०७८, बिहिबार


हेटौँडा । जिल्ला खोप समन्वय समितिले जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा हालै सम्पन्न सो समितिको बैठकले खोप कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने पनि निर्णय पनि गरेको छ ।

मनहरि, राक्सीराङ, कैलाश र बकैया गाउँपालिकामा विशेष गरी खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस