२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसान सूचीकरण गर्दै कावासोती नगरपालिका

अ+ अ-

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न सुरुआत गरेको छ ।

सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेसामा आबद्ध रहेका किसानको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको हो ।

कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलले नगरपालिकाभित्र रही कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायमा आबद्ध किसानको लगत सङ्कलनका लागि किसान सूचीकरण कार्यक्रम थालनी गरिएको जानकारी दिए ।

यसका लागि कावासोती नगरपालिकाले पहिलो चरणमा वडा नं ५ र १७ मा सहजकर्ता खटाएको समेत उनले बताए । सहजकर्ता नखटिएका क्षेत्रका किसानले आवश्यक कागजातसहित नगरपालिकाको कृषि तथा पशुपक्षी विकास शाखामा उपस्थित भएर किसान सूचीकरणको फाराम भर्न सकिने जनाइएको छ ।

यसैगरी किसान सूचीकरण व्यवस्थापन प्रणालीको वेबसाइटमा गई आफ्नो विवरण प्रविष्ट गर्न सकिने समेत शाखा प्रमुख पौडेलले जानकारी दिए । किसान सूचीकरणका लागि आफ्नै व्यक्तिगत सम्पर्क नम्बर, नागरिकताको प्रतिलिपि, जग्गा पुर्जाको प्रतिलिपि र पासपोर्ट साइजको एकप्रति फोटो आवश्यक पर्ने छ ।

किसान सूचीकरणसँगै वर्गीकरण गरिने छ । सूचीकरण र वर्गीकरणपश्चात् नगरपालिकाबाट किसानका लागि प्रदान गर्ने सुविधि पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने शाखा प्रमुख पौडेलले बताए ।

नगरसहित प्रदेश र सङ्घीयरूपमा समेत यही तथ्याङ्क प्रयोग हुने भएकाले ती क्षेत्रबाट प्राप्त गर्ने अनुदानसहित अन्य सुविधा प्रदान गर्ने क्रममा व्यवस्थित बनाउन किसान सूचीकरणले सहयोग पुर्‍याउने उनले बताए ।

‘किसान सूचीकरणपछि यही तथ्याङ्क तीनै तहका सुविधा प्रदान गर्न प्रयोग हुन्छ, यसले प्रदान गरिने अनुदार र अन्य सुविधालाई पारदर्शी र थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास छ’, शाखा प्रमुख डा. पौडेलले भने ।

सरकारले किसानलाई पेन्सनको कुरासमेत उठाउने गरेको छ । अहिले गरिएको सूचीकरणले सो कार्यक्रमका लागि समेत सहयोग पुग्ने उनले बताए ।

कावासोती नगरपालिकामा हाल दुई वटा वडालाई प्राथमिकता दिएर सहजकर्ता खटाइएको भए पनि क्रमशः नगरपालिकाभित्रका सबै वडाबाट कोही पनि किसान सूचीकरणमा नछुट्ने गरी कार्य गरिने उनले जानकारी दिए । नगरपालिकाले किसानलाई प्राथमिकताका साथ सूचीकरण गराउनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस