पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ


२२ पुस २०७८, बिहिबार


पक्राउ

काठमाडौँ । पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखराका विभिन्न स्थानबाट तीन जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।

पोखराको हेमजाबाट १ जना र पोखरा–३० पावर हाउसबाट २ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका –१ का आशिष अर्याल, पोखरा काहुँखोलाका अनिश खत्री र बागलुङ जिल्लाको बागलुङ नगरपालिका –८ का एक किशोर रहेका छन् ।

पक्राउ परेका आशिष अर्यालको साथबाट डाईजापाम–६५, फेनारगन– ६८ र नुर्फिन –७३ एम्पुल बरामद भएको छ । त्यसैगरी अनिश खत्रीको साथबाट डाईजापाम –१५, फेनारगन –१५ एम्पुल र नुर्फिन–१५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बागलुङ जिल्ला, बागलुङ नगरपालिका –८ बस्ने १७ वर्षीय एक किशोरको साथबाट डाईजापाम– ३२, फेनारगन –३२ र नुर्फिन– ३२ एम्पुल बरामद भएको छ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी कसुरमा ५ दिनको म्याद गरी आवश्यक अनुसन्धान कार्य अगाडी बढाएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस