संसद् गतिरोध अन्त्य र एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न पौडेलको ओलीलाई आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संसद् गतिरोध अन्त्य र एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न पौडेलको ओलीलाई आग्रह


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धन पाँच दल आबद्ध उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका काँग्रेस नेता रामचन्द्र पौडेलले बुधबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर संसद्को गतिरोध अन्त्य गर्न र एमसीसीसँगको सम्झौता अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् ।

पौडेलले लामो समय संसद् अवरुद्ध हँुदा जनताको सरोकारका विषय र विकासका मुद्दा ओझेलमा परेको बताउँदै राजनीतिक निकासका लागि ओलीसँग आग्रह गरेका हुन् । उनको आग्रहमा ओलीले आफ्ना पुरानै भनाइ दोहोर्‍याएको पौडेलले बताए ।

‘संसद् प्रतिपक्षी दलको हो, लामो समय संसद् बन्द हुँदा मुलुक नै अस्तव्यस्त बन्न पुग्यो, एउटा राजनीतिक विषयलाई इगोको रूपमा लिएर मुलुकलाई पछि धकेल्ने काम गर्न भएन, यो अप्ठ्यारो र दुरवस्थाबाट अघि बढ्नुपर्छ, संसद्लाई सुचारु पार्ने जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको पनि हो,’ पौडेलले ओलीलाई भनेका थिए, ‘तर उहाँले पुरानै कुरा दोहोर्‍याउनुभयो ।’

पौडेलले भने, ‘तपाईंको धारणा के छ प्रस्ट भन्नुहोस्, प्रधानमन्त्रीसँग म कुरा गर्छुभन्दा ओलीजीले कुरा अन्तै मोड्नुभयो । प्रतिपक्षले जिम्मेवारीबोध गर्नुपर्छ । अब पनि संसद् अवरोध जारी राख्नु अति हुन्छ । कहीँ न कहीँ गएर निकास नदिने हो भने राजनीतिक दल गैरजिम्मेवार भएको ठहर्छ । संसद्लाई समस्याको होइन, समाधानको थलो बनाइनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस