प्रधानमन्त्री देउवा अर्को साता भारत जाने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा अर्को साता भारत जाने


२१ पुस २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को आज (बुधबार) बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो ।

देउवा सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेका हुन् । त्यसक्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम छ ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । उनीसहित आधा दर्जन सरकार-राष्ट्रप्रमुख गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस