काजकिस्तानमा २०० जना पक्राउ : सैनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काजकिस्तानमा २०० जना पक्राउ : सैनिक


२१ पुस २०७८, बुधबार


अल्माटी । काजकिस्तानमा दुई सय जनाभन्दा बढी पक्राउ परेका छन् ।

बिजुलीको मूल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको हो ।

मध्य एसियाली मुलुक काजकिस्तानमा आन्दोलनका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई पक्राउ गरेको हो ।

‘आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको लगायतका कारणले उनीहरुलाई पक्राउ गरिएको हो,’ गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस